July 26, 2021, Monday
११ श्रावण २०७८, सोमबार

मनाङमा मर्स्याङ्दी नदीले दुई बैंकका शाखा बगायो

मनाङमा मर्स्याङ्दी नदीले दुई बैंकका शाखा बगायो

असार २, काठमाडौैं ।

मनाङमा निरन्तर परेको अविरल वर्षाका कारण विभिन्न भौतिक संरचनाहरुमा क्षति पुगेको छ ।नाङको नासों गाउँपालिका–३ धारापानीमा मर्स्याङ्दी नदीले दुई बैंकका कार्यालय बगाएको छ । नदीले प्राइम बैंक र प्रभु बैंकको कार्यालय, गाउँपालिकाको कार्यालय, प्रहरी चौकी र केही होटल बगाएको हो।

बुधबार दिउँसो नदीमा आएको बाढीले उक्त संरचना बगाएको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ । प्रहरीका अनुसार बैंकमा कार्यरत १ जना कर्मचारी सम्पर्कविहीन भएका छन् ।मनाङमा मर्स्याङ्दी, घट्टे, स्याप्ती लगायतका खोलामा आएको बाढीले अवस्था कष्टकर बनेको हो ।