July 27, 2021, Tuesday
१२ श्रावण २०७८, मंगलवार

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

असार २, काठमाडौं ।
नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । आज सुनको मुल्य प्रति तोलामा १०० रुपैयाँले घटेको हो । जसअनुसार आज सुन प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुन प्रतितोला ९३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै तेजाबी सुनको मूल्य ९२ हजार ६०० कायम भएको छ । यसै गरी चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर एक हजार ३६० रुपैयाँमा कारोबार भइरहेको छ ।