April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

चैत र वैशाख महिनाको कर असार २५ गतेसम्म दाखिला गर्न पाइने

चैत र वैशाख महिनाको कर असार २५ गतेसम्म दाखिला गर्न पाइने

काठमाण्डौ । सरकारले असार २५ गतेसम्म कर तिर्न सकिने गरी म्याद थप गरेको छ । सर्वोच्च अदालतले मंगलबार सरकारले आर्थिक ऐन २०७७ को दफा १९ बमोजिम सूचना जारी गरेर कर तिर्ने समय तोक्न सक्ने आदेश दिएसँगै कर तिर्ने समय तोकेको हो । विभागले बुधबार सुचना जारी गर्दै उक्त मितिभित्र मूल्य अभिवृद्धि कर (भ्याट), आयकर, अन्तःशुल्क, शिक्षा सेवा शुल्क, टेलिफोन स्वामित्व शुल्क र दूरसञ्चार सेवा दस्तुर बुझाउन म्याद थप गरिएको बताएको हो । सोही आदेशबमोजिम आन्तरिक राजस्व विभागले बुधबार एक सूचना प्रकाशित गरी कर विवरण तथा कर दाखिला गर्ने म्याद असार २५ गतेसम्म तोकेको छ ।

Advertisement

२०७७ साल चैत र वैशाख महिनाको मासिक तथा चैत र वैशाख महिनाको द्विमासिक अवधिको मूल्य अभिवृद्धि कर विवरण र कर दाखिला असार २५ गतेसम्म गरिसक्नुपर्ने सूचनामा उल्लेख छ।  विभागले २०७७ चैत र २०७८ वैशाखमा बुझाउनुपर्ने अन्तःशुल्क विवरण तथा त्यसअनुसारको अन्तःशुल्क असार २५ गतेसम्म दाखिला गर्नुपर्ने जनाएको छ ।

Advertisement

त्यस्तै २०७७ चैत र २०७८ साल वैशाख महिनाको बुझाउनुपर्ने अग्रिम करकट्टी भएको रकम र त्यसको विवरण पनि असार २५ गतेसम्म बुझाउनुपर्ने छ । विभागले सोही व्यवस्थाअनुसार करदातालाई पनि मर्का नपर्ने गरेर कर तिर्न समय दिएको बताएको थियो । अन्तरिम आदेश खारेज नभएको भए चालु आर्थिक बर्षमा अर्बौं रुपियाँ रावश्व अशुल गर्नबाट विभाग बन्चित हुनुपर्ने अवस्था थियो ।