April 20, 2024, Saturday
८ बैशाख २०८१, शनिबार

खुला अर्थव्यवस्था अँगालेको नेपालको अर्थतन्त्रमा नियन्त्रणमुखी शैली बोर्डले देखायो : लगानीकर्ता संघ

खुला अर्थव्यवस्था अँगालेको नेपालको अर्थतन्त्रमा नियन्त्रणमुखी शैली बोर्डले देखायो : लगानीकर्ता संघ

नेपाल धितोपत्र बोर्ड (सेबोन) को कार्यशैलीप्रति लगानी कर्ता संघ संगठनले आपत्ति जनाँएका छन् । खुला अर्थव्यवस्था अँगालेको नेपालको अर्थतन्त्रमा नियन्त्रणमुखी शैली देखाए र नियन्त्रण गर्न खोजेको आरोप लगाएका छन् । लगानीकर्ताका संघसंगठनले सर्वसाधारण लगानीकर्तालाई भयभित नभई संयमित तरिकाले कारोबारमा संलग्न हुन आग्रह गरेका छन् ।

Advertisement

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार र सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्यालद्वारा जारी संयुक्त विज्ञप्तिमा निकालेर आपत्ति जनाएका हुनु । उनीहरुले लगानीकर्ताको लगानी असुरक्षित बनाउने काममा स्वयं नेपाल धितोपत्र बोर्डबाटै भएको आरोप लगाएका छन् । नेपाल धितोपत्र बोर्डले मंगलबार जोखिमयुक्त रहेको भन्दै ५१ वटा सूचीकृत कम्पनीको नामावली अर्थमन्त्रालयलाई बुझाएको थियो ।

Advertisement

उनीहरुले नेपाल धितोपत्र बोर्डलाई आफ्नो धारणा परिवर्तन गर्न सुझाव पनि दिएका छन् । संघले नियमक जस्तो निकायले यसरी कम्पनीनै तोकेर सार्वजनिक गर्दा त्यस्को असर लगानीकर्तामा पर्ने जनाएको छ ।

‘खुला अर्थव्यवस्था अँगालेको नेपालको अर्थतन्त्रमा नियन्त्रमुखी शैली अपनाएर नेपाल धितोपत्र बोर्डले सूचीकृत २०० भन्दा बढी कम्पनीमध्ये ५१ वटालाई कालोसूचीको ढाँचामा प्रस्तुत गरेको छ’, विज्ञप्तिमा उल्लेख छ, ‘ती कम्पनीमा २०७८ असार १ गते कारोबार समयसम्म लगानी गर्ने लगानीकर्ताको लगानी असुरक्षित बनाउने काम स्वयं नेपाल धितोपत्र बोर्डबाटै हुनु अत्यन्त दुखद विषय हो ।’

धितोपत्र बोर्डले सेयर बजार प्रती गद्दे दृष्टि लगाएको अन्य लगानी कर्ताले पनि आरोप लगाएका छन् । कम्पनीलाई जोखिम पूर्ण बनाउने र सेयर अस्वभिक चलखेल भयको उनीहरुको बुझाई छ । त्यस्तो कतै देखिदैन । खुल्ला पूजिबजारको मर्म र भावना विपरीत विना आधार र धितो पत्र ऐन र नियमको प्रचलित प्रावधान समेत विपरीत विज्ञप्ति जारी गरेको प्रष्ट छ । कतै बोर्डका पदाधिकारी र कर्मचारीहरूनै नीहीत स्वार्थको पछि हैन ? आम लगानी कर्ताको हितको नाममा मनोबज्ञानिक त्रास श्रृजना गर्नु र बजार प्रभावित गर्न खोजेको प्रष्टदेखिने उनीहरुले आरोप लगाएका छन् ।

लगानीकर्ताले कम्पनीका बारेमा ती सूचनामार्फत सही विश्लेषण गर्दै लगानीको धारणा बनाउन सक्ने वातावरण सिर्जना गर्नुपर्नेमा सो कार्यबाट नेपाल धितोपत्र बोर्ड विचलित भएको विज्ञप्तिमा ठहर गरिएको छ । ‘यी कम्पनीमा लगानी गर्ने लगानीकर्ताको लगानीको सुरक्षा गर्ने जिम्मा नेपाल धितोपत्र बोर्डको हो कि होइन ?’, विज्ञप्तिमा प्रश्न गरिएको छ, ‘करिब ४१ खर्ब पुँजीकरण भएको बजारमा यस्तो कार्य गर्नु अगाडि पुँजीबजारमा पार्ने असरका वारेमा ख्याल नगरेको प्रति पनि विज्ञप्तिमा आपत्ति जनाईएको छ ।

[pdf-embedder url=”https://banijyanews.com/wp-content/uploads/2021/06/Lagani-sang.pdf” title=”Lagani sang”]