March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

नबिल बैंकको बैंकिङ सेवा ३ दिन बन्द हुने

काठमाडौँ । नबिल बैंकको बैंकिङ सेवा ३ दिन बन्द हुने भएको छ । बैंकले एक सूचना जारी गर्दे आफ्ना सेवाहरु बन्द हुने जनाएको हो ।
बैकले सम्पूर्ण शाखाहरु, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, एटीएम, कार्ड (क्रेडिट÷प्रिपेड कार्ड बाहेक) रेमिट्यान्स लगायतका सेवाहरु एवम् सम्पूर्ण बैंकिङ कारोबारहरु पूर्ण रुपमा बन्द गर्ने भएको हो ।
कोर बैकिङ सिस्टम(सीबीएस) स्तरोन्नति गर्नु पर्ने भएकाले असार ३ गते शुक्रबारदेखि ७ गते सोमबार बिहान ९ बजेसम्म सेवा बन्द गर्ने भएको हो ।

Advertisement