नेपाल हाइड्रो डेभलोपरको नाफा ६५ प्रतिशतले घट्योे
नेपाल हाइड्रो डेभलोपर लिमिटेड चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरण अनुसार कम्पनीले गत आवको तेस्रो त्रैमाससम्ममा रू. ३ करोड २२ लाख नाफा कमाएमा चालू आव को सोही अवधीसम्ममा रू. १ करोड १२ लाख ६१ हजारमा सीमित भएको छ । नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ६५ प्रतिशतले घटेको छ ।
कम्पनीले गत आव को ९ महिनामा विद्युत् विक्री बापत रू. ८ करोड ६९ लाख ७६ हजार आम्दानी गरेकोमा चालू आवमा उक्त आम्दानी रू. ६ करोड ३ लाख ७५ हजार आम्दानी गरेको छ । विद्युत् विक्री आम्दानी गत आवको तुलनामा चालू आवमा ३० प्रतिशतले घटेको हो ।
चालू आवको तेस्रो त्रैमासमा कम्पनीको नाफामा कमिआएसँगै प्रतिशेयर आम्दानीमा पनि कमि आएको छ । गत आवको तेस्रो त्रैमासमा कम्पनीको प्रतिशेयरआम्दानी रू. १२.३९ रहेकोमा चालू आवको सोही अवधिमा घटेर रू ५.०२ मा सीमित भएको हो ।
प्रतिकृया दिनुहोस्