शेयर बजारमा ५२.४१ करेक्सन, १५ अर्ब ४८ करोडको कारोबार
असार २, काठमाडौैं ।
साताका चौथो दिन बुधबार सेयर बजार ५२.४१ अंकले घटेको छ । बुधबार १.७३ प्रतिशतले घटेको नेप्से २९६९.६९ विन्दुमा अडिएको छ । यस दिन कारोबार रकममा पनि कमी आएको छ। २१९ कम्पनीको २ करोड ८२ लाख कित्ता शेयर खरीदबिक्री हुँदा १५ अर्ब ४८ करोड ४४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
आज लघुवित्त बाहेक सबै समूहको सूचक घटेको छ। लघुवित्तको सूचक २.६२ प्रतिशतले उकालो लागेको छ। बुधबार सीईडीबी हाइड्रोपावर विकास कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। यसको शेयर मूल्य ९.९० प्रतिशतले बढेको छ। यस दिन बैंकिङ ९, ब्यापार १०३, होटल तथा पर्यटन २०२, विकास बैंक १९४, जलविद्युत १४९, फाइनान्स १७२, निर्जीवन बीमा ४०३, उत्पादन २०४, जीवन बीमा ४०५ र अन्य ७० अंकले घटेका छन्।
त्यसैगरी आज फर्स्ट माइक्रोफाइनान्स, यूनियन हाइड्रोपावर, आरएसडीसी लघुवित्त, सामुदायिक लघुवित्त लगायत शेयर मूल्य धेरै बढ्ने कम्पनी हुन्। जोशी हाइड्रोपावर, गोर्खाज फाइनान्स, नेपाल हाइड्रोपावर कम्पनी, छ्याङ्दी हाइड्रोपावर, आँखुखोला जलविद्युत् कम्पनी, बेस्ट फाइनान्स कम्पनी, पञ्चकन्या माई हाइड्रोपावर लगायत कम्पनीका लगानीकर्ताले धेरै गुमाएका छन्।
त्यस्तै मल्टिपर्पोज फाइनान्स, दिव्यश्वरी हाइड्रो, नेपाल फाइनान्स, प्रोग्रेसिभ फाइनान्सको मूल्य पनि १० प्रतिशतकै हाराहारीमा घटेको छ। कारोबारका आधारमा नेपाल पुनर्बीमा कम्पनी अग्रस्थानमा रह्यो। सो कम्पनीको ६० करोडको कारोबार भएको छ।
प्रतिकृया दिनुहोस्