March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

सिन्धुपाल्चोकको हेलम्बुमा भीषण पहिरो, क्षतिको विवरण आउने क्रम जारी

सिन्धुपाल्चोकको हेलम्बुमा भीषण पहिरो, क्षतिको विवरण आउने क्रम जारी

सिन्धुपाल्चोकको हेलम्बुमा भीषण पहिरो गएको छ । अविरल वर्षापछि आएको पहिरोका कारण सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको अम्बाथान क्षेत्रमा पहिरो गएको प्रशासनले जनाएको छ । केही भौतिक संरचना बगाएको धनजनको क्षति समेत हुनसक्ने भनिएको छ । यद्यपी क्षति बाहिर आएको छैन् । जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोका अनुसार पहिरोका कारण बस्तीमा क्षति पुर्याएको छ । रातिको समय र पानी परिरहेकाले सबै विवरण प्राप्त भइनसकेको प्रहरीले जनाएको छ । ‘पहिरो बस्तीमा गएको भनेपनि त्यसको पुष्टि हुन सकेको छैन ।’ प्रहरीले भनेको छ ।
हेलम्बुको किउल, ग्याल्थुम, तालामाराङ क्षेत्रका स्थानीय घर छोडेर सुरक्षित स्थानमा जान बाध्य भएका छन् ।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले क्षतिको खबर आए पनि यकिन विवरण आइनसकेको बताए । उनले उनका अनुसार बाढीले क्षति पुर्याएको ठाउँ पहाडी क्षेत्रमा पर्ने र भर्खर विहान भएकोले अव क्षति विस्तारै बाहिर आउँने बताए । उनले त्यहाँ रहेका सुरक्षा निकायका पोष्ट पनि बगााएको भनेपनि पूर्ण जानकारी आइनसकेको बताए ।
मेलम्ची खानेपानी आयोजना क्षेत्रको क्याम्पमा पनि बाढीले क्षति पुर्याएको छ । बाढी आएपछि हेलम्बु, मेलम्ची वरपरका स्थानीयको भागाभाग भएको छ ।

Advertisement