April 20, 2024, Saturday
८ बैशाख २०८१, शनिबार

१५ अर्ब रुपियाँ बराबरको विकास ऋणपत्र सूचीकृत

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)मा १५ अर्ब रुपियाँ बराबरको विकास ऋणपत्र सूचीकृत भएको छ । नेपाल राष्ट्र बैंकले निष्काशन गरेको ‘४.७९ प्रतिशत विकास ऋणपत्र २०८३ घ’ आज सूचीकृत भएको नेप्सेले एक विज्ञप्ति मार्फत जनाएको छ । धितोपत्र सूचीकरण विनियमावली २०७५ को विनियम ८ अनुसार आजैको निर्णय अनुसार उक्त विकास ऋणपत्र सूचीकृत हो ।

Advertisement