July 28, 2021, Wednesday
१३ श्रावण २०७८, बुधबार

असार सात गतेपछि बैंकहरु पूर्णरुपमा खोल्ने बैंकर्स संघको निर्णय

असार सात गतेपछि बैंकहरु पूर्णरुपमा खोल्ने बैंकर्स संघको निर्णय

असार ३,काठमाडौं ।

कोरोना जोखिमका कारण आलोपालो सञ्चालन हुँदै आएका बैंकहरू असार सात गतेपछि पूर्णरुपमा सञ्चालन हुने भएका छन्। बैंकर्स संघमा बिहीबार भएको कार्यसमितिको बैठकमा सबै कारोबार खुला गर्ने सहमति भएको हो ।

अहिले निषेधाज्ञाका कारण शाखाहरु पनि आलोपालो छ भने निक्षेप झिक्ने र राख्ने सेवा मात्र छ। बैंकको शाखा पनि २ बजेसम्म मात्र खुलिरहेका छन्।

अब भने मालपोत कार्यालय खुलेमा ऋणको काम पनि हुनेछ। अब ५० हजारभन्दा कमको निक्षेप पनि स्वीकार गरिने भएको छ। यसअघि बैंकमा भीडभाड बढेको भन्दै राष्ट्र बैंकको सहमतिमा ५० हजारभन्दा कमको निक्षेप नलिने बैंकर्स संघले निर्णय गरेको थियो।