July 26, 2021, Monday
११ श्रावण २०७८, सोमबार

एशियन लाइफ इन्स्योरेन्सको संस्थापक शेयर आजदेखि लिलामीमा

एशियन लाइफ इन्स्योरेन्सको संस्थापक शेयर आजदेखि लिलामीमा

असार ३, काठमाडौं ।

महालक्ष्मी विकास बैंकको स्वामित्वमा रहेको एशियन लाइफ इन्स्योरेन्सको संस्थापक शेयर आज देखि लिलामीमा विक्री खुला भएको छ । बैंकले कम्पनीको १ लाख ६६ हजार ७५७ कित्ता संस्थापक शेयर लिलामीमा खुला गरेको हो ।

यस शेयरको न्यूनतम मूल्य रू. ६२८ तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ । उक्त शेयर खरीदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् ।

इच्छुक आवेदकले असार ९ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । आवेदकले न्यूनतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् भने अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था रहेको छ ।