July 26, 2021, Monday
११ श्रावण २०७८, सोमबार

जसपाले मन्त्रीमा गएकालाई कारवाही गर्ने, निर्वाचन आयोगमा सशरिर उपस्थित हुने

जसपाले मन्त्रीमा गएकालाई कारवाही गर्ने, निर्वाचन आयोगमा सशरिर उपस्थित हुने

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) को सस्थापन पक्ष मानिने बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी ९ मन्त्रीलाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको छ । सात दिने स्पष्टीकरण यस अगाडि सोधेको जसपाको आज बसेको केन्द्रीय कार्यकारिणी समितिको बहुमत सदस्य उपस्थित बैठकले उनीहरूलाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको हो ।

पार्टीबाट निकालिनेमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बनेका शरत्सिंह भण्डारी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री राजकिशोर यादव, खानेपानी मन्त्री अनिल झा, श्रम, ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री चन्द्रकान्त चौधरी, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री विमल प्रसाद श्रीवास्तव,संस्कृति, पर्यटन तथ नगरिक उड्यन मन्त्री उमाशंकर अरगरिया, खेलकुद मन्त्री एकवाल मियाँ छन् । यस्तै महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री चन्दा चौधरी, र महिला, बालबालिका तथा जेष्ठ नागरिक राज्यमन्त्री रेणुका गुरुङ पनि जसपाबाट निकालिएका छन् ।

५१ सदस्यीय कार्यकारिणी समितिमा ३० जना उपस्थित बैठकले बहुमत सदस्यसहित सशरिर निर्वाचन आयोगमा उपस्थित हुने निर्णय गरेको छ ।