July 26, 2021, Monday
११ श्रावण २०७८, सोमबार

थप २६०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, ३९ जनाको मृत्यु

थप २६०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, ३९ जनाको मृत्यु

असार ३, काठमाडौं ।

विगत २४ घण्टामा मुलुक भरका विभिन्न भागमा गरिएको परीक्षणबाट २ हजार ६०७ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार दिएको जानकारी अनुसार कुल १२ हजार ४८४ जनामा परीक्षण गर्दा २ हजार ६०७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार सो अवधिमा घण्टामा ७ हजार ७११ जनामा पीसीआर परीक्षण गरिएकोमा १ हजार ७६८ जना ४ हजार ७७३ जनाको एन्टिजेन परीक्षण गरिएकोमा ८३९ जनामा पोजेटिभ देखिएको हो ।

उक्त अवधिमा कोरोना संक्रमणबाट २ हजार १४१ जना निको भएका छन् भने सोही अवधिमा ३९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।योसँगै नेपालका हालसम्म गरी  कोरोना संक्रमणबाट ८ हजार ५९७ जनाको मृत्यु भएको छ ।

हाल देशभर कोरोना संक्रमितको संख्या ६ लाख १५ हजार ९८४ (पीसीआर) र २४ हजार ५६ (एन्टिजेन विधिबाट) पुगेको छ । यसैगरी हालसम्म ४ लाख ४५ हजारभन्दा बढी कोरोना संक्रमणबाट मुक्त भएका छन्  ।