July 29, 2021, Thursday
१४ श्रावण २०७८, बिहीबार

भेरोसेलकाे १० लाख डाेज खाेप दुई सातामा नेपाल ल्याइँदै

भेरोसेलकाे १० लाख डाेज खाेप दुई सातामा नेपाल ल्याइँदै

असार ३, काठमाडौं ।

चीनबाट कोरोना भाइरसविरुद्धको खोप खरिद प्रक्रिया तत्काल सुरु गरिने भएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बिहीबारको बैठकले सरकारको घोषणा अनुसार चीनबाट ४० लाख मात्रा खोप किन्ने प्रक्रिया तत्काल सुरु गर्ने निर्णय गरेको हो ।

केन्द्रका प्रमुख बालानन्द शर्माका अनुसार सरकारले चीनको सिनोफार्म कम्पनीबाट उत्पादित ‘भेरोसेल’ खोप दुई साता भित्रमा १० लाख डोज खोप ल्याउने भएको छ । चीनले खोप खरिदका लागि नेपालसँग सैद्धान्तिक सहमति जनाएकाले ‘जुन’ महिना भित्रमा १० लाख डोज खोप ल्याइने भएको हो । सोमबार बसेको मन्त्रीपरिषद बैठकले चीनको सिनोफार्म कम्पनीबाट खोप खरिद गर्ने निर्णय गरेको थियो ।