July 29, 2021, Thursday
१४ श्रावण २०७८, बिहीबार

मेनपावर ब्यावसायीलाई सरकारले दिएन छुट, वार्षिक सय जना कामदार विदेश पठाए मात्र नविकरण

मेनपावर ब्यावसायीलाई सरकारले दिएन छुट, वार्षिक सय जना कामदार विदेश पठाए मात्र नविकरण

सरकारले वार्षिक सय जना कामदार बैदेशिक रोजगारीमा विदेश पठाउने मेनपावर कम्पनी मात्र नविकरण गर्ने भएको छ । कोरोना महामारीले थलिएर बसेका ब्यावसायीले सय जना कामदार विदेश पठाउन मुस्किल छ । यस्तो समय वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार व्यवसायीलाई इजाजत नवीकरण गर्न आह्वान गरेको छ । विभागले सूचना जारी गर्दै वर्षमा कम्तिमा एकसय कामदार वैदेशिक रोजगारीमा पठाएको प्रमाणीत कागजातसहित नवीकरणका भनेको हो ।

वैदेशिक रोजगार नियमावली २०६४ (पाँचौँ संसोधन) मा प्रत्येक बर्ष सय जना कामदार विदेश पठाउने मेनपावर कम्पनी मात्र नविकरण गर्न किने छ । त्यही संशोधन नियमाबलीमा वर्षमा प्रत्येक वर्ष कम्तिमा एक सय कामदार वैदेशिक रोजगारी पठाउन नसक्ने वैदेशिक रोजगार कम्पनीको इजाजत स्वतः खारेज हुने व्यवस्था छ ।

मुलुकमा कोरोना संक्रमण कारण बर्षमा एक सय जना कामदार पु¥यान नसकिने व्यवसायीले भनिरहेको समय विभागले नविकणको लागि पुरानै कानूनमा टेकेकर सूचना जारी गरेपछि मेनपावर ब्यावसायी चिढिएका छन् । बैदेशिक रोजगार ब्यावसायी महासंघले यस अगाडि नै कोरोनाको समयमा सय जना कामदार पठाउने मापदण्ड हटाउन पर्ने माग राखेको थियो । तर विभागले असार मसान्तभित्र इजाजत नवीकरणका गर्न सकिने तर त्यस्को लागि सय जना कामदार पठाएकै हुनुपर्ने भनेपछि मेनपावर ब्यवसायी चिढिएका हुन् ।

रोजगारीका गन्तव्य मुलुक र नेपालमा समेत कोरोनाको लामो महामारीका कारण अधिकांश वैदेशिक रोजगार कम्पनीले एक सय जना कामदार पठाउन सकेका छैनन् । महासंघले यो प्रवधानले हाल संचालनमा रहेका मध्ये झण्डै आधा कम्पनी खारेज हुनेमा चिन्ता ब्याक्त गरेको छ ।

यसैगरी नवीकरणका लागि अन्य कागजातमा अघिल्लो आर्थिक वर्षको आय विवरण बुझाएको भरपाई वा आयकर दाखिला गरेको प्रमाण समेत पेस गर्नु पर्ने छ । इजाजतपत्रको प्रतिलिपि, नगद धरौटी र बैंक ग्यारेन्टीको प्रतिलिपि लगायतका कागजात आवश्य पर्ने छ ।

https://dofe.gov.np/DetailPage.aspx/id/181/lan/ne-NP