July 27, 2021, Tuesday
१२ श्रावण २०७८, मंगलवार

लगानीकर्तामा मनोवैज्ञानिक त्रास सिर्जना गर्ने काम बोर्ड आफैले गरेको सिविफिनको आरोप

लगानीकर्तामा मनोवैज्ञानिक त्रास सिर्जना गर्ने काम बोर्ड आफैले गरेको सिविफिनको आरोप

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सूचीकृत कम्पनीहरूको बारेमा नामसहित प्रकाशित गरेर लगानीकर्तामा मनोवैज्ञानिक त्रास उत्पन्न गराएको आरोप लगाएको छ । बैक तथा वित्तीय संस्थाका संचालकहरुको छाता संगठन बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन)ले धितोपत्र बोर्डले आफूले गर्नुपर्ने कुराबाट बरालिएर लाखौं लगानीकर्ताहरुमा मनोवैज्ञानिक त्रास सिर्जना गरेको विज्ञप्तिमार्फत ध्यानाकर्षण गराएको छ ।
धितोपत्र बोर्डले लगानीकर्ताहरुको अभिभावकीय संस्था र सूचीकृत संस्थाहरूको नियामक निकाय भएकोले पनि धितोपत्र बजारको बृहत्तर सुधार, विकास एवं विस्तारका लागि सम्बधित सबै सरोकारवाला संस्था र सम्बन्धित पक्षहरूलाई साथ अगाडि बढनु पर्नेमा त्यो नभएको बताएको हो ।

बोर्डले सम्बन्धित संस्थाहरूको आर्थिक विश्लेषण गरी लगानी सम्बन्धी सूचनामूलक जानकारी उपलब्ध गराउनुका साथै समय–समयमा आम लगानीकर्ताहरूलाई अभिमूखिकरण कार्यक्रम ल्याउने जनाएको छ । व्यक्ति एवं समूहबाट बजारमा गराइने होहल्ला र अस्वाभाविक चलखेलको नियन्त्रणसँगै सूचीकृत संस्थाहरूको कामकारवाहीको विषयमा वृहत अध्ययन हुनुपर्ने उल्लेख पनि गरेको छ । धितोपत्र बजारको वृहत्तर सुधार, विकास एवम् विस्तारका लागि सम्बन्धित सबै सरोकारवाला संस्था र सम्बन्धित पक्षहरुलाई साथ लिन बोर्डलाई सुझाव दिएको छ ।