July 24, 2021, Saturday
९ श्रावण २०७८, शनिबार

विश्व बैंकले नेपाललाई १७ अर्ब ७८ करोड सहायता उपलब्ध गराउने

विश्व बैंकले नेपाललाई १७ अर्ब ७८ करोड सहायता उपलब्ध गराउने

कोभिड–१९ को सङ्क्रमणबाट सिर्जित समस्याको पुनर्उत्थानका लागि विश्व बैंकले नेपाललाई १७ अर्ब ५५ करोड उपलब्ध गराउने भएको छ ।
बैंकले बिहीवार जारी गरेको प्रेस विज्ञप्तिमानेपाल, श्रीलङ्का र मालदिभ्सका लागि बैंकका देशीय निर्देशक फारिस हादाद जार्भोसले कोभिडबाट सिर्जित समस्या समाधानका लागि सहयोग गर्न बैंक तयार रहेको र यसबाट सामाजिक र आर्थिक अवस्था उकास्नका लागि सहज हुने बताएका छन् ।
नेपालको आर्थिक वृद्धि, पुनरुत्थान र उत्थानशील वित्तीय नीति तथा कार्यक्रममा सघाउन उक्त रकम उपयोग हुनेछ । यस्तै कर तथा भन्सार प्रणाली, ऋण व्यवस्थापन, सार्वजनिक खर्च, सामाजिक सुरक्षा कार्यक्रमको आधुनिकीकरण,तथा पूँजीमा निजी क्षेत्रको पहुँच पु¥याउन सहयोग रकम परिचालन हुने पनि विश्व बैंकले बताएको छ ।