July 28, 2021, Wednesday
१३ श्रावण २०७८, बुधबार

समृद्धि फाइनान्सको १३ लाख ८० हजार कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला

समृद्धि फाइनान्सको १३ लाख ८० हजार कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला
असार ३, काठमाडौं ।
समृद्धि फाइनान्सले आज  बाट संस्थापक समूहको १३ लाख ८० हजार ७१८ कित्ता सेयर लिलामी बिक्री खुला गरेको छ । यसमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल माध्यमबाट आवेदन दिनुपर्नेछ । लिलामी भर्ने अन्तिम म्याद असार १० गतेसम्म तोकिएको छ ।
यसमा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट नक्साल काठमाडौं तथा समृद्धि फाइनान्सको केन्द्रीय कार्यालय, हेटौँडा, पुतलीसडक, बुटवल, पोखरा र नारायणघाट शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

त्यसैगरी, बैंक अफ काठमान्डूको विराटनगर, विर्तामोड, जनकपुर, वीरगञ्ज, नारायणघाट, पोखरा, बुटवल, बाग्लुङ, घोराही, नेपालगञ्ज, धनगढी र सुर्खेत शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ । ज्योति विकास बैंकको महेन्द्रनगर कञ्चनपुर शाखाबाट पनि आवेदन दिन सकिनेछ