July 26, 2021, Monday
११ श्रावण २०७८, सोमबार

सुनको भाउ ११ सय रुपैयाँले घट्यो, प्रतितोला कति ?

सुनको भाउ ११ सय रुपैयाँले घट्यो, प्रतितोला कति ?

असार ३, काठमाडौं ।

नेपाली बजारमा बिहीबार सुनको मुल्य घटेको छ । आज सुनको मुल्य प्रतितोला ११ सय रुपैयाँले घटेको हो । जसअनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुन प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुन प्रतितोला ९१ हजार ५ सय निर्धारण गरिएको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार प्रतितोला १ हजार ३६० रुपैयाँमा कारोबार भएको चाँदी आज २० रुपैयाँले घटेर १ हजार ३४० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।