March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

‘निजी क्षेत्रलाई कोरोना भ्याक्सिन आयातको अनुमति दिइए समयमै लक्षित वर्गले खोप पाउने’

‘निजी क्षेत्रलाई कोरोना भ्याक्सिन आयातको अनुमति दिइए समयमै लक्षित वर्गले खोप पाउने’

काठमाण्डौ ।
मापदण्ड बनाएर निजी क्षेत्रलाई कोरोना भ्याक्सिन आयातको अनुमति दिइए समयमै निजी क्षेत्र खोप ल्याउन सफल हुने विश्वास निजी क्षेत्रले लिएको छ । बजारमा कोरोनको भ्याक्सिनको हाहाकार भएको समय उद्योगी तथा ब्यापारीको छाता संगठन नेपाल उद्योग परिसंघले निजी क्षेत्रलाई भ्याक्सिन खरीदको लागि आयात अनुमति दिन ध्यानाकर्षण गराएको हो ।

Advertisement

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँगको भेटमा परिसंघका अध्यक्ष सतिशकुमार मोर नेतृत्वको टेलिले निजी क्षेत्रलाई पनि भ्याक्सिन खरीदको लागि अनुमति दिएमा खोप आयात बढाउन सकिने र सबैले चाडै खोप पाउँने बताएका हुन् । अध्यक्ष मोरले लक्षित वर्गले खोप पाउने नसकि रहेको समय निजी क्षेत्रलाई पनि आयातको अनुमति दिन ढिलो गर्न नहुने तर्फ जोड दिएका हुन् ।

Advertisement

भेटमा मोरले कोभिड–१९ को भ्याक्सिन निजी क्षेत्रका उद्योगहरुमा कार्यरत मजदुर तथा कर्मचारीलाई प्राथमिकताका साथ उपलब्ध गराउन पनि परिसंघले परिसंघले सरकारसँग माग गरेका छन् । मोरले मौद्रिक नीतिमार्फत बजेटमा छुटेका विषयलाई सम्बोधन गर्दे बजेट तत्काल कार्यान्वयनका लागि व्यवस्था गर्नुपर्नेमा पनि जोड दिएका छन् ।

मोरले निजी क्षेत्रलाई बजेट मार्फत समेटन नसकेका कुरालाई मौद्धिक नीति मार्फत सम्बोधन गर्नुपर्ने बताएका हुन् । ‘बजेटमा जस्तै मौद्रिक नीतिमा पनि निजी क्षेत्रका समस्या सम्बोधन हुने हाम्रो विश्वास हामीले लिएका छौ’, भेटमा सहभागीले प्रतिनिधीले मोरलाई उद्धित गर्दे भने ।
भेटमा अध्यक्ष मोरले नयाँ आर्थिक वर्षमा लक्ष्यअनुसारको आर्थिक वृद्धिदर हासिल गर्ने गरी आर्थिक क्रियाकलाप चलायमान पनि सरकारलाई सुझाव दिएका छन् । मोरले बजेटमा लक्षित ६.५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न सकिने भन्दै त्यसका लागि आर्थिक गतिविधि बिस्तार गर्नुपर्ने बताएका हुन् ।

नेपाल राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली २०७८ मार्फत प्रत्येक निर्णय ७ देखि १५ दिनमा गरिसक्ने व्यवस्था गरेको भन्दै त्यस्को तारिफ गरेका छन् । उनले सबै मन्त्रालयमा सोही अनुसारको ब्यावस्था समेत हुनुपर्नेमा जोड दिएका छन् ।
भेटमा मन्त्री पौडेलले सरकारले बजेट कार्यान्वयनलाई आफ्नो परीक्षको रूपमा लिएको बताए । मन्त्री पौडेलले कोरोनाको भ्याक्सिन खरिदमा सरकार अघि बढेको बताए । उनले अमेरिका, चीन, भारत लगायतका देशबाट भ्याक्सिन खरिद गरी सबै नागरिकलाई उपलब्ध गराउन सरकार लागि परेको बताए । उनले निजी क्षेत्रलाई हाल नै भ्याक्सिन खरीदको लागि दिने बारे सरकारले कुनै निर्णय नगरेको र सो बारे आफूले विज्ञसँग सुझाब समेत लिने बताए ।

उनले बजेटमा आएका प्रतिक्रियाले आफू उत्साही भएको र निजी क्षेत्रलाई साथमा लिएर कार्यान्वयन अघि बढाउने पनि बताए । असारभर तयारीका काम सक्ने र साउन १ गतेबाट बजेट कार्यान्वयनमा लैजाने गरी काम गरिरहेको भन्दै मन्त्री पौडेलले त्यसमा सबैको साथ आवश्यक रहेको पनि बताए ।