April 18, 2024, Thursday
६ बैशाख २०८१, बिहीबार

राष्ट्रपति कार्यालयले पठायो सर्वोच्चलाई लिखित जवाफ

राष्ट्रपति कार्यालयले पठायो सर्वोच्चलाई लिखित जवाफ

असार ३, काठमाडौं ।

Advertisement

राष्ट्रपति कार्यालले सर्वोच्च अदालतलाई लिखित जवाफ पेश गरेको छ । संसद विघटनविरुद्ध परेको रिटमा आज सर्वाेच्चमा लिखित जवाफ पेश गरेको हो । लिखित जवाफ दिँदैराष्ट्रपति कार्यालयले दुवै दाबीकर्ताले विश्वासको मत पाउने आधार नदेखिएकाले दाबी नपुग्ने गरी निर्णय गरेको जवाफ दिएको छ। राष्ट्रपति कार्यालयले संविधानको धारा ७६ बमोजिमको प्रधानमन्त्री नियुक्त गर्दा अपनाइने कार्यविधि एवं निर्णय राष्ट्र प्रमुख एवं संविधानको पालक र संरक्षणको हैसियतमा राष्ट्रपतिबाट नै निर्णय हुने विषय भएको उल्लेख गरेको छ ।

Advertisement

‘संविधानको धारा ७६ बमोजिमको प्रधानमन्त्री नियुक्त गर्दा अपनाइने कार्यविधि एवं निर्णयको लागि राष्ट्रपतिलाई कुनै पदाधिकारीको सिफारिस आवश्यक पर्ने नभई राष्ट्रपतिबाट नै राष्ट्र प्रमुख एवं संविधानको पालक र संरक्षकको हैसियतमा निर्णय हुने विषय हो’ राष्ट्रपति कार्यालये विज्ञप्तिमा भनेको छ, ‘धारा ७६ को उपधारा ५ मा उल्लेख भए बमोजिम नियुक्ति प्रधानमन्त्रीले विश्वासको मत पाउन सक्ने आधार छ वा छैन भनी यकीन गर्ने अधिकार र कर्तव्य स्वयं राष्ट्रपतिको हो ।’