July 28, 2021, Wednesday
१३ श्रावण २०७८, बुधबार

आयरल्याण्डले पठायो नेपालका लागि स्वास्थ्य सामग्री

आयरल्याण्डले पठायो नेपालका लागि स्वास्थ्य सामग्री

असार ४, काठमाडौ ।

आइरल्याण्डले नेपालका लागि कोभिड–१९ का विरुद्ध उपयोगी हुने स्वास्थ्य सामग्रीहरु काठमाडौं पठाएको छ । आयरल्याण्डबाट स्वास्थ्य सामग्रीहरु लिएर उडेको एउटा चार्टड विमान शुक्रवार विहान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको नेपाल आयरल्याण्ड सोसाइटीद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

आयरल्याण्डले नेपालका लागि दुई वटा अक्सिजन कन्सन्ट्रेटर, ४२ वटा भेन्टिलेटर, १२ वटा बिपाप मेसिन, ४ सय वटा अक्सिमीटर, ५० वटा रेस्पिरेटरी मोनिटर, ५० वटा डिफिब्रिलेटर, एक सय वटा थर्मामिटर, ११ सय २६ वटा अक्सिजन र एयर रेगुलेटर, ९९ हजार ७ सय ५० वटा प्रोटेक्टिभ कभरअल, २ लाख १ हजार ६ सय फेस शिल्ड तथा १० लाख ८ हजार सर्जिकल मास्कहरु छन् ।

ती स्वास्थ्य साम्रगीहरु आइरल्याण्डको सरकार (हेल्थ सर्भिस एक्ज्यूकेटिभ) तथा आइरल्याण्डका विभिन्न अस्पताल तथा मेडिकल इक्यूप्मेन्ट कम्पनिहरुले उपलब्ध गराएका हुन् ।