July 24, 2021, Saturday
९ श्रावण २०७८, शनिबार

कांग्रेसको १४औँ महाधिवेशन आगामी भदौ १६ गतेदेखि १९ गतेसम्म गर्ने निर्णय

कांग्रेसको १४औँ महाधिवेशन आगामी भदौ १६ गतेदेखि १९ गतेसम्म गर्ने निर्णय

नेपाली कांग्रेसले १४औँ महाधिवेशन आगामी भदौ १६ गतेदेखि १९ गतेसम्म गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौमा पार्टीको महाधिवेशन गर्ने गरी संशोधित कार्यतालिका अनुमोदन गरेको हो ।

संशोधित कार्यतालिका अनुसार साउन १२ गते वडा, साउन १६ गते गाउँनगर, र साउन २० गते प्रदेश क्षेत्रीय अधिवेशन गर्नेछ । यस्तै, एक मात्र प्रतिनिधिसभा रहेको जिल्लाको क्षेत्रीय अधिवेशन २३ गते, दुई वा दुईभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको साउन २६ गते र प्रदेश अधिवेशन भदौ १ र २ गते गर्ने संशोधित निर्वाचन कार्यतालिका अनुमोदन गरेको हो । बैठकले असार मसान्तभित्र क्रियाशिल सदस्यता टुङ्गो लगाउन क्रियाशिल सदस्यता छानविन समितिलाई निर्देशन दिएको छ ।

यसैबीच, केन्द्रीय समिति बैठकले लोकतन्त्र र संविधान पक्षधर अन्य शक्तिलाई पनि आफु नेतृत्वको गठबन्धनमा सहभागी गराउने निर्णय गरेको छ ।