July 27, 2021, Tuesday
१२ श्रावण २०७८, मंगलवार

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले प्रदेशसभामा विश्वासको मत लिँदै

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले प्रदेशसभामा विश्वासको मत लिँदै

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज प्रदेशसभामा विश्वासको मत लिँदै छन् । आज बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिन लागेका हुन् ।

संविधानको धारा १६८ (५)अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका पोखरेलले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । पोखरेलले नियुक्त भएको एक हप्तामै विश्वासको मत लिन लागेका हुन् । पृथ्वी सुब्बा गुरुङले विश्वासको मत लिन नसकेपछि प्रदेश प्रमुख सीता पौडेलले पोखरेललाई गत जेठ २९ गते मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

गण्डकी प्रदेशस्थित नेपाली कांग्रेस संसदीय दलका नेता पोखरेल माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा तथा एक जना स्वतन्त्र सांसदको सहयोगमा ३१ सांसद पु¥याउँदै मुख्यमन्त्री बनेका थिए ।

बाढीपहिरोपीडितको राहतका बिहीबार मनाङ गएका पोखरेल मौसमको खराबीका कारण बिहीवार उतै रोकिएका थिए । उनी आज पोखरा फर्किएर प्रदेशसभामा भाग लिदैछन् ।