July 27, 2021, Tuesday
१२ श्रावण २०७८, मंगलवार

राष्ट्रिय वाणिज्य बैंकले कोभिड प्रभावित ग्राहकलाई १० प्रतिशत ब्याज छुट दिने

राष्ट्रिय वाणिज्य बैंकले कोभिड प्रभावित ग्राहकलाई १० प्रतिशत ब्याज छुट दिने

असार ४, काठमाडौं ।
राष्ट्रिय वाणिज्य बैंकले कोभिड-१९ बाट प्रभावित ग्राहकलाई प्रचलित ब्याज रकममा १० प्रतिशत छुट दिने भएको छ। बैंकले यही असार मसान्तभित्र कर्जाको किस्ता तथा ब्याज बूझाउने ग्राहकले उक्त छुट सुविधा दिने भएको हो । बैंकले शुक्रबार जारी  विज्ञप्तिमा उक्त जानकारी दिएको हो ।

विश्वव्यापी रुपमा देखापरेको कोरोबाट प्रभावित उद्योग व्यवसायको पुनरुत्थानका लागि  नेपाल राष्ट्र बैंकले परिपत्र जारी गरी बैंक तथा वित्तीय संस्थाहरुलाई आफ्ना ग्राहकहरुलाई प्रोत्साहनस्वरुप ब्याजदर वा ब्याज रकममा छुट प्रदान गर्नसक्ने व्यवस्था गरेसंगै  बैंकले उक्त छुट सुविधा दिने निर्णय व्यावस्था गरेको हो ।

‘हाल कोभिड रोकथाम तथा नियन्त्रण गर्नका लागि जारी गरिएको निषेधाज्ञा तथा बन्दाबन्दीको विषम् परिस्थितिका कारण कर्जा ग्राहकहरुको व्यावसायिक कारोबार बन्द रहेको तथा कर्मचारी कामदारहरुको रोजगारी गुमेका कारण नगद प्रवाहमा प्रतिकूल असर परेको छ,’ बैंकद्वारा शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘यसले गर्दा ग्राहकहरुले नियमित कर्जा भूक्तानी गर्न समस्या हूने देखिएको हुँदा ग्राहकहरुलाई व्याज रकममा छुट प्रदान गर्दा कर्जा भूक्तानी गर्न सहज हूने तथा व्यवसायको निरन्तरता एवं पूनरुत्थानमा सहयोग पूग्ने अपेक्षा गरी २०७८ साल असार मसान्तभित्र कर्जाको किस्ता तथा ब्याज बूझाउने कोभिड-१९ बाट प्रभावित ग्राहकहरुलाई निजहरुले बुझाउने प्रचलित ब्याज रकमको १० प्रतिशत रकम छुट प्रदान गर्ने निर्णय गरिएको छ।’