July 24, 2021, Saturday
९ श्रावण २०७८, शनिबार

सुनको मूल्य १ हजार २०० रुपैयाँले घट्यो

सुनको मूल्य १ हजार २०० रुपैयाँले घट्यो

असार ४, काठमाडौं ।

नेपाली बजारमा सुनको मूल्य भारी गिरावट भएको छ । विहिबारको तुलनामा आज शुक्रबार सुनको मूल्यमा १ हजार २०० रुपैयाँले  गिरावट आएको होे ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार प्रतितोला  ९२ हजार रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार हुने भएको छ ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९० हजार ३०० रुपैयाँमा कारोबार हुने भएको छ । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ ।   विहिबार प्रतितोला १ हजार ३४० रुपैयाँमा कारोबार भएको चाँदी आज ३५ रुपैयाँले घटेर १ हजार ३०५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।