March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव दिन राष्ट्र बैंकको आग्रह

आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव दिन राष्ट्र बैंकको आग्रह
असार ४, काठमाडौं ।

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीतिमा सरोकारवाला निकायहरुसँग राय सुझाव मागेको छ । राष्ट्र बैंकले एक सूचना जारी गरेर इमेलमामार्फत सुझाव दिन सरोकारवाला निकायसँग माग गरेको हो ।

विगतका वर्षहरुमा जस्तै साउन पहिलो साता मौद्रिक नीति सार्वजनिक गर्ने तयारीसँगै सुझाव संकलन सुुरू गरेको राष्ट्र बैंकले जनाएको छ ।सम्बद्ध बैंक तथा वित्तीय संस्थाका संघसंगठन, व्यावसायिक संघसंगठनलगायत सबै सरोकारवालाले असार मसान्तसम्म लिखित सुझाव पेश गर्नुपर्नेछ ।अन्य संस्थाबाट पनि सुझाव संकलन गर्न केन्द्रीय बैंकले सूचनामार्फत जानकारी दिएको हो ।

Advertisement