March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

कांग्रेस केन्द्रीय समिति बैठक आजपनि बस्दै

कांग्रेस केन्द्रीय समिति बैठक आजपनि बस्दै

असार ४, काठमाडौं ।

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक शुक्रवार बस्दैछ ।पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउसो १ बजे का लागि बैठक तय भएको कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बिहीवारको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनको संशोधित कार्यतालिका प्रस्तुत गरेका थिए । सो प्रस्ताव माथि आज छलफल हुँदैछ।

कांग्रेसले भदौ १६ देखि १९ सम्म पार्टीको महाधिवेशनको मिति तोकेको छ । कोरोना महामारीलाई मध्यनजर गर्दै महाधिवेशनको मोडालिटीको विषयमा छलफल गर्ने कांग्रेसले जनाएको छ । हिजोको बैठकमा कृष्ण सिटौला, महेश आचार्य, गगन थापा, रमेश लेखक लगायतले धारणा राखेका थिए ।

Advertisement