April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

निषेधाज्ञामा वाणिज्य बैंकहरुको ३६ अर्ब निक्षेप संकलन, ३५ अर्ब लगानी

असार ४, काठमाडौं ।

Advertisement

वाणिज्य बैंकहरुले जेठ महिनामा मात्र ३६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । बढ्दो कोरोना भाइरस संक्रमणको रोकथाम तथा न्यूनीकरणका लागि सरकारले लागू गरेको निषेधाज्ञाको सो अवधिमा वाणिज्य बैंकहरुले उक्त रकम  संकलन गरेका हुन् । यो बैशाख महिनाको तुलनामा तीन गुणाभन्दा बढीले बढेको हो । वाणिज्य बैंकहरुले बैशाखमा ११ अर्ब निक्षेप संकलन गरेको नेपाल बैंकर्स संघले जनाएको छ ।

Advertisement

संघका अनुसार वाणिज्य बैंकहरुको कर्जा लगानी जेठमा ३५ अर्ब रुपैयाँ भएको छ । यो बैशाख महिनाको तुलनामा ७ दशमलव ८९ प्रतिशतले घटेको हो । बैशाखमा ३८ अर्ब रुपैयाँ कर्जा लगानी भएको थियो । संघको तथ्यांक अनुसार जेठ मसान्तसम्म वाणिज्य बैङ्कहरुले ३९ खर्ब ९१ अर्ब १ करोड रुपैयाँ निक्षेप सङ्कलन गरेका छन् भने ३६ खर्ब ४६ अर्ब १० करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन ।

सो अवधिमा ६ वटा बैङ्कको निक्षेप र ४ वटा बैङ्कको कर्जा प्रवाह घटेको छ । एक महिनाको अवधिमा प्रभु र एनआईसी एशिया बैङ्कको कर्जा र निक्षेप दुवै घटेको छ । एभरेष्ट, सनराइनज, एनएमबी र नेपाल बैङ्कको निक्षेप र नेपाल बंगलादेश बैङ्क र लक्ष्मी बैङ्कको कर्जा पनि घटेको छ ।

एनआईसी एसिया बैङ्क

एनआईसी एशियाको निक्षेप जेठमा ४५ करोड रुपैयाँले घटेको छ । यद्यपि, यस बैङ्कमा हालसम्म ३ खर्ब ३ अर्ब ९० करोड रुपैयाँ निक्षेप रहेको छ । यस बैङ्कको कर्जा लगानी पनि १५ करोड रुपैयाँले घटेको छ । हालसम्म यस बैङ्कको २ खर्ब ६६ अर्ब ७६ करोड रुपैयाँ कर्जा लगानीमा रहेको छ ।

कुमारी बैङ्क

कुमारी बैङ्कले २ अर्ब ९ करोड रुपैयाँ निक्षेप सङ्कलन गरेको छ भने १ अर्ब ४९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । हालसम्म यसले १ खर्ब ४७ अर्ब ४३ करोड रुपैयाँ निक्षेप सङ्कलन गरेको छ भने कर्जा प्रवाह १ खर्ब ३८ अर्ब ६७ करोड रुपैयाँ कर्जा लगानीमा रहेको छ ।

लक्ष्मी बैङ्क 

लक्ष्मी बैङ्कले ५ करोड रुपैयाँ निक्षेप सङ्कलन गरेको छ । यसको हालसम्मको निक्षेप १ खर्ब १३ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ । यस्तै लक्ष्मीको ऋण लगानी भने ७९ करोड रुपैयाँले घटेको छ । हालसम्म यसको १ खर्ब ७ अबए १० करोड रुपैयाँ लगानीमा छ ।

माछापुच्छ्रे बैङ्क

यस बैङ्कले हालसम्म १ खर्ब १८ अर्ब ११ करोड रुपैयाँ रकम लगानी गरेको छ । जेठमा मात्र यस बैङ्कले ८३ करोड रुपैयाँ लगानी गरेको छ । यस्तै बैङ्कको निक्षेप सङ्कलन भने १ खर्ब २७ अर्ब २७ करोड रुपैयाँ पुगेको छ । जेठमा यस बैङ्कले १ अर्ब १७ करोड रुपैयाँ निक्षेप सङ्कलन गरेको छ ।

मेगा बैङ्क

मेगा बैङ्कले जेठ महिनामा २ अर्ब ७१ करोड रुपैयाँ निक्षेप सङ्कलन गरेको छ । हालसम्म यसको निक्षेप १ खर्ब ४१ अर्ब ४६ करोड रुपैयाँ रहेको छ । बैङ्कले एक महिनामा २ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । हालसम्म यस बैङ्कबाट १ खर्ब ३८ अर्ब रुपैयाँ कर्जा लगानी भएको छ ।

नबिल बैङ्क

नबिलले ४ अर्ब ६२ करोड रुपैयाँ कर्जा प्रवाह गरी हालसम्म यसको १ खर्ब ९७ अर्ब ८५ करोड रुपैयाँ रकम लगानीमा छ । यस्तै बैङ्कले  ५ अर्ब २ करोड रुपैयाँ निक्षेप सङ्कलन गरेको छ । हालसम्म यस बैङ्कमा २ खर्ब २१ अर्ब २१ करोड रुपैयाँ निक्षेप रहेको छ ।

बैङ्क अफ काठमाडौँ

यस बैङ्कले जेठ महिनामा २ अर्ब १८ करोड निक्षेप सङ्कलन गरेको छ । यसको जेठ मसान्तसम्ममा कुल निक्षेप १ खर्ब ९८ करोड रुपैयाँ पुगेको छ । साथै बैङ्कले जेठमा ९२ करोड रुपैयाँ लगानी गरेको छ । हालसम्म यसको ९८ अर्ब ७२ करोड रुपैयाँ लगानीमा रहेको छ ।

सेञ्चुरी बैङ्क

बैङ्कले जेठ महिनामा १४ करोड रुपैयाँ निक्षेप सङ्कलन गरेको छ । यसको हालसम्म निक्षेप ८६ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । सेञ्चुरी बैङ्कले जेठमा ५२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । जेठसम्ममा यसको कुल कर्जा प्रवाह ७८ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ ।

सिटिजन्स बैङ्क

यस बैङ्कले जेठ महिनामा २ अर्ब ८७ करोड रुपैयाँ निक्षेप सङ्कलन गरेको छ भने १ अर्ब ४९ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । यसको हालसम्म निक्षेप सङ्कलन १ खर्ब ३१ अर्ब २ करोड रुपैयाँ पुगेको छ भने कर्जा लगानी १ खर्ब १५ अर्ब ७ करोड रुपैयाँ पुगेको छ ।

सिभिल बैङ्क

सिभिल बैङ्कले जेठ महिनामा ६८ करोड निक्षेप सङ्कलन गरेको छ भने ३८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । यसको हालसम्म ८८ अर्ब ९४ करोड रुपैयाँ निक्षेप सङ्कलन छ भने  ८३ अर्ब ६० करोड रुपैयाँ कर्जा लगानीमा छ ।

एभरेष्ट बैङ्क

एभरेष्ट बैङ्कको निक्षेप भने जेठ महिनामा १ अर्ब ३८ करोड रुपैयाँले घटेको छ । हालसम्म यसको निक्षेप सङ्कलन  १ खर्ब ५२ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ । यस्तै बैङ्कले यस अवधिमा कर्जा प्रवाह भने ३ अर्ब ३५  करोड भएको छ । हालसम्म यसको १ खर्ब ३१ अर्ब ७५ करोड रुपैयाँ कर्जा लगानीमा छ ।

ग्लोबल आईएमई बैङ्क

यस बैङ्कले जेठ महिनामा ३ अर्ब २ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । हालसम्म यसको कर्जा लगानी २ खर्ब ४२ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ । यस्तै बैङ्कले एक महिनामा १ अर्ब ५ करोड रुपैयाँ निक्षेप सङ्कलन गरेको छ । हालसम्म यसको निक्षेप २ खर्ब ५५ अर्ब २६ करोड रुपैयाँ पुगेको छ ।

हिमालयन बैङ्क

यसले १ अर्ब २८ करोड रुपैयाँ निक्षेप सङ्कलन गरेको छ भने १  अर्ब ९९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।  यसको हालसम्म  १ खर्ब ४१ अर्ब ४९ करोड रुपैयाँ निक्षेप सङ्कलन  छ भने १ खर्ब ३० अर्ब १२ करोड रुपैयाँ कर्जा लगानीमा रहेको छ ।

नेपाल बंगलादेश बैङ्क 

यस बैङ्कले एक अर्ब ९८ करोड रुपैयाँ निक्षेप सङ्कलन गरेको छ । कर्जा लगानी भने ४५ करोड रुपैयाँले घटेको छ । हालसम्म यसको निक्षेप सङ्कलन  ८१ अर्ब ८५ करोड रुपैयाँ छ भने कर्जा लगानीमा ६८ अर्ब ६८ करोड रुपैयाँ रहेको छ ।

नेपाल बैङ्क

नेपाल बैङ्कले जेठ महिनामा १ अर्ब ५० करोड रुपैयाँ कर्जा लगानी गरेको छ । हालसम्म यसको १ खर्ब ३८ अर्ब ५२ करोड रुपैयाँ कर्जा लगानीमा छ । यसको निक्षेप सङ्कलन भने ३ अर्ब ५६ करोडले घटेको छ । हालसम्म यस बैङ्कमा निक्षेप १ खर्ब ५५ अर्ब ७६ करोड रुपैयाँ छ ।

एनसीसी बैङ्क

एनसीसी बैङ्कमा जेठ महिनामा कुनै निक्षेप आएको देखिदैन । वैशाखसम्म १ खर्ब ४७ करोड निक्षेप रहेकोमा जेठसम्म आइपुग्दा पनि यहि बराबरको निक्षेप छ । तर कर्जा प्रवाह भने ६२ करोड रुपैयाँ भएको देखिन्छ । हालसम्म यस बैङ्कको ९४ अर्ब १० करोड रुपैयाँ लगानीमा रहेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैङ्क

यस बैङ्कले ३ अर्ब ४६ करोड रुपैयाँ कर्जा जेठमा प्रवाह गरेको देखिन्छ । हालसम्म यस बैङ्कको  १ खर्ब ७० अर्ब ५० करोड रुपैयाँ कर्जा लगानीमा रहेको छ । यस्तै बैङ्कले जेठ महिनामा ४ अर्ब १६ करोड रुपैयाँ निक्षेप सङ्कलन गरेको छ । हालसम्म यस बैङ्कमा   १ खर्ब ७४ अर्ब ४८ करोड रुपैयाँ कर्जा लगानीमा छ ।

एनएमबी बैङ्क

यस बैङ्कले २ अर्ब २९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । हालसम्म १ खर्ब ५८ अर्ब ७८ करोड रुपैयाँ कर्जा लगानीमा छ । एनएमबीको निक्षेप सङ्कलन भने २ अर्ब ४ करोड रुपैयाँले घटेको छ । जेठ मसान्तसम्म यस बैङ्कमा निक्षेप १ खर्ब ५७ अर्ब २ करोड रुपैयाँ पुगेको छ ।

नेपाल एसबीआई बैङ्क

यस बैङ्कले जेठ महिनामा २ अर्ब ६६ करोड रुपैयाँ निक्षेप सङ्कलन गरेको छ भने कर्जा लगानी १ अर्ब ४६ करोड रुपैयाँ रहेको छ । हालसम्म बैङ्कको निक्षेप १ खर्ब ८ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ । यस्तै १ खर्ब ३ अर्ब २३ करोड रुपैयाँ कर्जा लगानीमा रहेको छ ।

प्रभु बैङ्क

प्रभु बैङ्कको पछिल्लो एक महिनामा निक्षेप सङ्कलन ९ करोड रुपैयाँले घटेको छ । हालसम्म यसको १ खर्ब ६१ अर्ब  ३८ करोड रुपैयाँ निक्षेप सङ्कलन गरेको छ । बैङ्कको कर्जा प्रवाह पनि १३ करोड रुपैयाँले घटेको छ । हालसम्म यस बैङ्कको १ खर्ब ४२ अर्ब ८१ करोड रुपैयाँ लगानीमा छ ।

प्राइम बैङ्क

प्राइमले जेठ महिनामा १ अर्ब १२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । यस्तै यो महिना  २ अर्ब ११ करोड रुपैयाँ निक्षेप सङ्कलन गरेको छ । यसको हालसम्म १ खर्ब ३७ अर्ब ४१ करोड रुपैयाँ लगानीमा छ भने १ खर्ब ४६ अर्ब रुपैयाँ निक्षेप रहेको छ ।

राष्ट्रिय वाणिज्य बैङ्क

यस बैङ्कले जेठ महिनामा ४ अर्ब १६ करोड रुपैयाँ निक्षेप सङ्कलन गरेको छ । यसको हालसम्मको निक्षेप २ खर्ब ५० अर्ब ९ करोड रुपैयाँ रहेको छ । यस्तै बैङ्कले ७० करोड रुपैयाँ कर्जा लगानी गरेको छ । हालसम्म कर्जा लगानी रकम १ खर्ब ८६ अर्ब  १७ करोड रुपैयाँ पुगेको छ ।