July 26, 2021, Monday
११ श्रावण २०७८, सोमबार

एनआरएनए स्पेनद्धारा कोरोना महामारी नियन्त्रणका लागि साढे १३ लाख रुपैयाँ सहयोग

एनआरएनए स्पेनद्धारा कोरोना महामारी नियन्त्रणका लागि साढे १३ लाख रुपैयाँ सहयोग

 

बार्सिलोना । एनआरएनए स्पेनले कोरोना महामारी नियन्त्रणका लागि साढे १३ लाख रुपैयाँ (९ हजार ७ सय ४४ यूरो) सहयोग गरेको छ । एनआरएनए स्पेनको सहयोग अभियानमा क्षेत्रीय समितिहरु लगायत स्पेनस्थित विभिन्न संघसंस्थाहरुले समेत हातेमालो गरेका छन् ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) केन्द्रमार्फत एकमुष्ठ सहयोग पु¥याउने हेतुले संघले स्पेनमा संकलन भएको रकम केन्द्रमा पठाएको हो ।
संघका कोषाध्यक्ष गोविन्दप्रसाद तिमिल्सिनाद्वारा जारी विज्ञप्ति अनुसार गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको खातामा रकम ट्रान्सफर गरिएको हो ।