July 27, 2021, Tuesday
१२ श्रावण २०७८, मंगलवार

भीषण बर्षा हुने, पहाडी भू–भागमा पहिरो, गेग्रान बहावको जोखिम

भीषण बर्षा हुने, पहाडी भू–भागमा पहिरो, गेग्रान बहावको जोखिम

देशका अधिकांश स्थानमा भीषण बर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी वायुको प्रभाव र देशको पश्चिमी भू–भाग नजिक मनसुनी न्युन चापीय रेखाका कारण आज देशका अधिकांश स्थानमा वर्षाका हुने महाशाखाले जनाएको हो ।

बिशेषत प्रदेश १, बागमती‚ गण्डकी र लुम्बिनी प्रदेशमा भीषण वर्षा हुने अनुमान महाशाखाको रहेको छ । शनिबार बिहान देशभरको मौसम बदली रही प्रदेश १ र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षा भइरहेको छ । त्यस्तै दिउँसो देशभर मौसम बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भने भीषण वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

वर्षाका कारण ती प्रदेशको पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

यस्तै, राति पनि देशभर नै मौसम बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती‚ गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना छ ।