July 26, 2021, Monday
११ श्रावण २०७८, सोमबार

माथिल्लो तामाकोसी जलविद्युत आयोजना फुटने उच्च खतरामा, घटाईयो पानीको सतह

माथिल्लो तामाकोसी जलविद्युत आयोजना फुटने उच्च खतरामा, घटाईयो पानीको सतह

पहिरोले थुनिएको तामाकोसी नदीको सहायक खोला रोङसी खुलाउन चिनियाँ टोली परिचालन भएसँगै माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा खतारा देखिएको छ । शुक्रबार राति चीनको तिङग्री काउन्टी नजिकै पहिरोले तामाकोसी नदीको सहायक रोङसी खोला थुनिएपछि ताल बनेका कारण तामाकोशी जलविद्युत आयोजना फुट्ने खतरा देखिएको हो ।

खोला थुनिएका कारण जोखिम आकलन गरेर ठूलो बाढी आउन सक्ने भन्दै नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जानका लागि सजग गराईएको छ भने तामाकोसी जलाशयमा पानिको सतह घटाइएको छ । खोला थुनिएका कारण ठूलो बाढी आउन सक्ने भन्दै नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जाने समयका लागि माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको जलाशय घटाईएको हो । हाल पानीको सतह १ हजार ९ सय ७८ मिटर रहेको आयोजनाका प्रवक्ता गणेश न्यौपानेले बताए ।

आयोजनाको बाँधले प्रति सेकेण्ड ६ सय घनमिटर बाढीको बहाव आए ३ सय नदीमा छोडेर ३ सय घनमिटर जलाशयले डेढ घण्टासम्म रोक्न सक्ने क्षमता रहेको न्यौपानेले बताए । चीनको तिङग्री काउन्टी सीमा जोडिएको लप्ची नजिकै पहिरो खसेर शुक्रबार रातिबाट थुनिएको खोला चिनीया टोलीले धमाधम खोलिरहेको छ ।

दोलखाका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेका अनुसार पहिरोले थुनिएको रोङसी खोला भरिएर (ओभर फलो) बग्न थालेको चिनियाँ पक्षले जानकारी गराएको छ ।

‘पहिरो गएको स्थान खुलाउन चिनियाँ टोली पुगेको छ,’ उनले भने, ‘उक्त टोलीले थुनिएको खोला खुलाउन प्रयास गरिरहेको छ ।’ खोला थुनिएर धेरै ठूलो ताल बनेकाले सावधानी अपनाएर ताल फुटाउने काम भईरहेको हो ।