July 24, 2021, Saturday
९ श्रावण २०७८, शनिबार

विदेश भ्रमणका लागि २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता

विदेश भ्रमणका लागि २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता

सरकारले विदेश भ्रमणका लागि २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जानेलाई पिसिआर परिक्षण गर्ने सम्बन्धमा सबै सरकारी पिसिआर प्रयोगशाला र २२ नीजि अस्पतालको प्रयोगशालाको परिक्षण रिपोर्टलाई मान्यता दिने निर्णय गरेको हो ।

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्णयअनुसार सरकारी अस्पतालका प्रयोगशालाको साथसाथै निजी अस्पतालमा गराएको पिसिआर परिक्षणको रिपोर्टलाई समेत विदेश जानका लागि मान्यता दिइएको बताए । उनले प्रक्रिया पु¥याएर आएमा अन्य निजी अस्पताललाई पनि क्रमशः मान्यता दिने बताए ।

मन्त्रालयका अनुसार नेपाल मेडिकल कलेज, नेपालगञ्ज मेडिकल कलेज, चितवन मेडिकल कलेज,ग्राण्डी, कान्तिपुर, स्टार, हेम्स, काठमाडौँ मेडिकल कलेज, नेपाल मेडिसिटी, वी एण्ड वी, अल्का, कान्तिपुर डेन्टल, जनमैत्री, लुम्बिनी मेडिकल कलेज रहेका छन् ।

नेशनल मेडिकल कलेज, लेप्रोसी मिसन नेपाल अस्पताल ललितपुरयुर्निभर्सल मेडिकल कलेज भैरहवा, मनमोहन मेमोरियल रहेका छन् । यस्तै नोवेल मेडिकल कलेज विराटनगर, काठमाडौँ युर्निभर्सिटी मेडिकल कलेज धुलिखेल, न्यूरोकार्डियो अस्पताल विराटनगर, विराट मेडिकल कलेज विराटनगरलाई मान्यता दिएको हो ।