April 16, 2024, Tuesday
४ बैशाख २०८१, मंगलवार

थप २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि, ३४ जनाको मृत्यु

५ असार, काठमाडौं । पछिल्लो २४ घण्टा थप २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै थप ३४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Advertisement

उक्त अवधिमा देशभर गरिएको पीसीआर र एन्टिजेन परीक्षणबाट ती संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । गत २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये एक हजार ६८८ जना पीसीआर परीक्षणबाट र ७१३ जना एन्टिजेन विधिबाट परीक्षण गर्दा पहिचान भएका हुन् । उक्त अवधिमा सात हजार १० जनाको पीसीआर र चार हजार ६८६ जनाको एन्टिजेन गरी कूल ११ हजार ६९६ जनाको कोरोना परीक्षण गरिएको थियो ।

Advertisement

यससँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या छ लाख ४५ हजार २०९ पुगेको छ ।त्यस्तै काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३३७ कोरोना संक्रमित फेला परेका छन् । थपिएकामध्ये सबैभन्दा धेरै काठमाडौंका २०१ रहेका छन् । यस्तै, भक्तपुरमा ४४ र ललितपुरमा ९२ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।