July 24, 2021, Saturday
९ श्रावण २०७८, शनिबार

अभिनेता अजय देवगनले लिए १९ करोड ऋण

अभिनेता अजय देवगनले लिए १९ करोड ऋण

बलिउड अभिनेता अजय देवगन ऋणमा डुवेका छन् । उनले हालैमात्र १९ करोड रुपैया ऋण लिएका हुन् । तर उनले यो ऋण अन्य प्रयोगन नभै बंगला खरीद गर्नका लागि लिएका हुन् । अजय र उनकी श्रीमती काजोलले गत वर्षदेखि नै नयाँ घर किन्न खोजिरहेका थिए । ‘कपोल कर्पोरेटिभ हाउजिङ सोसाइटी’मा आफूले खोजेजस्तो घर पाएपछि उनीहरुले किन्ने निर्णय लिएका हुन् ।

हालै मुम्बईस्थित जुहु क्षेत्रमा नयाँ बंगला किनेका अजयले उनले ४७ करोड भारु (७५ करोड नेपाली रुपैयाँ) खर्च गरेका हुन् । जुन रकममा आफूसँग पैसा नपुगेपछि १९ करोड ऋण लिएको बलिउड हंगामाले लेखेको छ । अजयको पुरानो घर ‘शिवशक्ति’ नजिकै भएको नयाँ घर करिब चार सय ७४ वर्ग फिट जग्गामा अवस्थित छ ।

भावेश बालकृष्ण वालियाको नाममा रहेको यो नयाँ घर अजय उनका आमा वीणा देवगनको नाममा छ । अजयको नयाँ घरको वरिपरि अन्य थुप्रै चर्चित बलिउड अभिनेताका घरहरु पनि छन् । अक्षय कुमार, हृतिक रोशन, धर्मेन्द्र र अभिताभ बच्चन उनका छिमेकी भएका छन् ।
अजय निर्मातासमेत रहेको पछिल्लो फिल्म ’तान्हाजी’ ले तीन सय ५० करोडभन्दा बढी कमाइ गरेको थियो । हाल उनी ‘मेडे’, ‘थ्यांक गड’ र ‘रुद्र’लगायत फिल्ममा व्यस्त रहेका छन् । भारतीय संञ्चारमाध्यमका अनुसार उनी वेव सिरीज रुद्रबाट वेव सिरिज सुरुवात गर्न लागेका हुन् । उक्त वेव सिरीज जुलाईबाट छायांकन हुनेछ । पहिलोपटक वेव सिरिजमा डेब्यु गर्न लागेका देवगणको पारिश्रमिक यसपटक बढेको छ । उनले पारिश्रमिक स्वरुप १२५ करोड भारु लिन लागेका हुन् ।