July 29, 2021, Thursday
१४ श्रावण २०७८, बिहीबार

कोरोनाका कारण पूर्वराज्यमन्त्री बिष्टको निधन

कोरोनाका कारण पूर्वराज्यमन्त्री बिष्टको निधन

असार ६, काठमाडौं ।

कोरोना संक्रमणका कारण नेपाली कांग्रेसका नेता तथा पूर्व संचार राज्यमन्त्री तप्तबहादुर बिष्टको निधन भएको छ । उनको शनिबार राती काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

कोरोना संक्रमण पुष्टी भएपछि उनी गत जेठ १६ गते कर्णाली प्रदेश अस्पताल सुर्खेतमा भर्ना भएका थिए । स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि उनलाई जेठ २६ गते हेलिकोप्टरमार्फत काठमाडौं रिफर गरिएको थियो ।

सुर्खेतका पूर्व जिल्ला विकास समितिको उपसभापतिसमेत रहेका बिष्ट २२ वर्षसम्म पार्टीको जिल्ला सभापति समेत भएका थिए ।