July 28, 2021, Wednesday
१३ श्रावण २०७८, बुधबार

चीनमा १ अर्ब भन्दा धेरै डोज कोरोना खोप लगाइयो

चीनमा १ अर्ब भन्दा धेरै डोज कोरोना खोप लगाइयो

असार ६, काठमाडौं ।

सबैभन्दा पहिले कोरोना भाइरस(कोभिड–१९)को देखा परेको मुलुक चीन कोरोनाविरुद्धको खोप लगाउनेमा पनि अगाडि देखिएको छ । चीनले शनिबारसम्म अर्बभन्दा बढी डोज खोप लगाएको सिन्ह्वा जनाएको छ ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार पछिल्ला ५ दिनमा मात्रै १० करोड डोज कोरोना खोप लगाइएको छ ।  आधुनिक चीनको इतिहासमा यो नै सबैभन्दा ठूलो खोप अभियान रहेको राष्ट्रिय स्वास्थ्य आयोग जनाएको छ ।

गत मार्चको अन्त्यदेखि चीनले व्यापक रुपमा कोरोनाविरुद्धको खोप अभियान सञ्चालन गरेको थियो । यहाँ अहिले १८ वर्षमाथिका लाई मात्रै खोप दिइएको छ । ३ वर्षदेखि १७ वर्ष उमेर समुहकालाई पनि खोप दिने तयारी भइरहेको चीनको राष्ट्रिय स्वास्थ्य आयोग जानकारी दिएको छ ।