July 29, 2021, Thursday
१४ श्रावण २०७८, बिहीबार

जोखिमयुक्त कम्पनीको सूची सार्वजनिक गर्न पाइने सर्वोच्चको ठहर, दियो यस्तो आदेश

जोखिमयुक्त कम्पनीको सूची सार्वजनिक गर्न पाइने सर्वोच्चको ठहर, दियो यस्तो आदेश

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले जोखिमयुक्त कम्पनीहरुको सूची सार्वजनिक गर्दा निवेदकको निर्विवाद हकमा कुनै असर नपर्ने सर्बोच्चले ठहर गरेको छ ।

न्यायधिश डा. कुमार चुडालको एकल इजलाशले हालै बोर्डले जारी गरेको ५१ कम्पनीको नाम सार्वजनिक गरेको विज्ञप्ति विरुद्द परेको रिटको आइतवार सुनुवाई गर्दे रिटमा कारण देखाउ आदेश जारी गर्नुनपर्ने आदेश दिएको हो ।

यस अगाडि अधिवक्ता रविन बोहजु लगायतले बोर्डले सार्वजनिक गरेको ५१ वटा कम्पनीको सूचीसहितको विज्ञप्ति बदर गर्ने माग गर्दै रिट दायर गरेका थिए ।

अदालतले जारी गरेको कारण देखाउ आदेशमा भनिएको छ,‘ निवेदकले अन्तरिम आदेश समेत जारी गरि पाउँ भनी गरेको निवृेदन मागका सम्बन्धमा हेर्दा विपक्षी धितोपत्र बोर्डमा दर्ता रहेका विभिनन कम्पनी समेतको विविध आर्थिक अवस्था सर्वसाधारणको जानकारीको लागि प्रकाशन गरेको कार्यले निवेदकको निर्विवाद हकमा असर पारेको भन्ने नदेखिँदा निवेदक माग बमोजिम अन्तरिम आदेश जारी गरिरहन परेन ।’

आदेशसँगै बोर्डले अझै अन्य जोखिम अवस्थामा रहेका कम्पनीको नाम सार्वजनिक गर्न सक्ने बाटो पनि खुलेको छ ।