July 24, 2021, Saturday
९ श्रावण २०७८, शनिबार

थप २ हजार ४४२ जनामा कोरोना संक्रमण पुष्टि, ५१ जनाको मृत्यु

थप २ हजार ४४२ जनामा कोरोना संक्रमण पुष्टि, ५१ जनाको मृत्यु

असार ६, काठमाडौं ।

पछिल्लो २४ घण्टामा २ हजार  ४४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६७७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १४२१ र ४२४९ एन्टिजेन परीक्षणमा १०२१ जना गरी २ हजार ४४२ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३४५६ जना संक्रमणमुक्त भएका छन् भने ५१ जनाको मृत्यु भएको छ । अहिलेसम्म देशभर ३४ लाख ११ हजार ८ सय २८ जना कोरोना परीक्षण गरिसकिएको छ। जसमा ६ लाख ४७ हजार ६ सय ५१ जनामा कोरोना पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता डाक्टर कृष्ण प्रसाद पौडेलले जानकारी दिए। अहिलेसम्म त्यस्तै ८ हजार ७ सय २६ जनाको मृत्यु भइसकेको छ। अहिले ४२ जिल्लामा सक्रिय संक्रमितको सङ्ख्या ५ सय भन्दा बढी रहेको छ।