July 26, 2021, Monday
११ श्रावण २०७८, सोमबार

पु्रडेन्सियले ८ प्रतिशत बोनस सेयर र शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश दिने

पु्रडेन्सियले ८ प्रतिशत बोनस सेयर र शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश दिने

पु्रडेन्सियल इन्स्योरेन्स कम्पनी आठ प्रतिशत बोनस शेयर र शून्य दशमलव ४२ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश दिने प्रस्ताव दिने भएको छ । आइतवार होटेल ईच्छा सिमरामा १९ औं वार्षिक साधारण सभा सम्पन्न गर्दे उक्त बोनस र लाभंस दिेन घोषणा गरेको हो ।

साविक १ अर्ब २ करोड ६४ लाख ३२ हजार रुपैयाँ चुक्तापूँजीबाट बोनश शेयर पश्चात कम्पनीको चुक्तापूँजी १ अर्ब १० करोड ८५ लाख ४६ हजार ५६० रुपैयाँ पुग्ने छ । सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष विशाल अग्रवालद्धारा प्रस्तुत आर्थिक वर्ष २०७६÷ ७७ को वार्षिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरेको छ ।

वार्षिक साधारण सभाबाट कम्पनीको संस्थापक समूह ख अन्तर्गत दुई जना सञ्चालकहरुको निर्वाचन सम्पन्न गरेको छ । सञ्चालकमा शैलेष संघई र अनिता रायमाझी टण्डन निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित सञ्चालकहरुलाई निर्वाचन अधिकृतले पद तथा गोपनियताको सपथ ग्रहण समेत गराएका छन् ।