July 24, 2021, Saturday
९ श्रावण २०७८, शनिबार

माछापुच्छ्रे बैंकको सञ्चालकमा हरिभक्त सिग्देल नियुक्त

माछापुच्छ्रे बैंकको सञ्चालकमा हरिभक्त सिग्देल नियुक्त

असार ६, काठमाडौं ।

माछापुच्छ्रे बैंक लिमिटेडको सञ्चालकमा हरिभक्त सिग्देल नियुक्त भएका छन् । बैंकको यही असार ३ गते बसेको सञ्चालक समितिको ४४७ औँ बैठकले संस्थापक शेयरधनीहरूका तर्फबाट सिग्देललाई नियुक्त गरेको हो ।

बुढानिलकण्ठ नगरपालिका ९  मण्डिखाटार, काठमाडौँ निवासी सञ्चालक सिग्देलले इन्भेष्मेन्ट एण्ड पेट्रोलियम सप्लायर्स प्रा.लिको तर्फबाट बैंकमा प्रतिनिधित्व गर्छन् ।