July 26, 2021, Monday
११ श्रावण २०७८, सोमबार

मौद्रिक नीति साउन पहिलो साताभित्र आउने

मौद्रिक नीति साउन पहिलो साताभित्र आउने

असार ६, काठमाडौं ।

नेपाल राष्ट्र बैङ्कले आगामी साउन पहिलो साताभित्र आर्थिक वर्ष २०७८÷०७९ को लागि मौद्रिक नीति ल्याउने तयारी गरेको छ । कोरोना प्रभावित अर्थतन्त्र उकास्न तथा बजेटलाई सहयोग गर्ने गरी मौद्रिक नीति ल्याइने केन्द्रिय बैङ्कले जनाएको छ । हरेक वर्ष राष्ट्र बैंकले नयाँ आर्थिक वर्षको वित्तीय योजना तथा नीतिहरु वर्षको सुरुतिर सार्वजनिक गर्ने गर्छ।

त्यसको लागि केन्द्रीय बैंकले सरोकारवालाहरुसँग सुझाव माग  गरेको छ । केन्द्रिय बैङ्कले आफ्नो अनुसन्धान विभागमा इमेलमार्फत् सुझाव पठाउन भनिरहेको छ । हालसम्म प्राप्त भएको अधिकांश सुझाव सहुलियत माग मै केन्द्रित रहेको राष्ट्र बैङ्कले जनाएको छ।

आर्थिक नीति तथा योजनाहरु बजेटमार्फत सार्वजनिक हुन्छ भने वित्तीय नीति तथा योजनाहरु मौद्रिक नीतिमार्फत सार्वजनिक हुन्छ। नेपाल राष्ट्र बैंकले सुझाव दिँदै भनेको छ, ‘नेपाल राष्ट्र बैंक ऐन २०५८ बमोजिम मौद्रिक नीति तयार भइरहेकोले त्यसको सुझाव इमेलमार्फत दिन आग्रह गरेको छ।

यसको लागि राष्ट्र बैंकले इमेल ठेगाना monetarypolicy@nrb.org.np दिएको छ। कोरोना प्रभावितको लागि राष्ट्र बैंकले ब्याजमा सहुलियत तथा राहत कोष समेत ल्याएको थियो। निजी क्षेत्रले कोशको प्रशंसा समेत गरेको थिए।