July 29, 2021, Thursday
१४ श्रावण २०७८, बिहीबार

आर्थिक क्षेत्र चलायमान बनाइने, यस्तो छ उपत्यका काठमाडौंमा सडकको अवस्था (फोटोफिचर)

आर्थिक क्षेत्र चलायमान बनाइने, यस्तो छ उपत्यका काठमाडौंमा सडकको अवस्था (फोटोफिचर)

गत वैशाख १६ देखि निषेधाज्ञा लागू काठमाडौं उपत्यकामा यसको अवधि अझै १५ दिनसम्म बढाउने तयारी गरिएको छ । यसबारे निचोडमा पुग्न शनिवार तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बसेर निर्णय गरेको छ। बैंठकले आवश्यक निर्णयका लागि सिसिएमसिसँग समन्वय गर्ने भएको छ ।

लगातारको बन्दले गर्दा अर्थतन्त्रमा सबैभन्दा बढी प्रभाव देखिएपछि आर्थिक क्षेत्र चलायमान बनाउने गरी निषेधाज्ञा खुकुलो बनाउने तयारी गरेको हो । आधिकारी निर्णय बाहिर आइनसकेको अवस्थामा सडकमा सवारी साधन केही बढेका छन् । प्रशासनले पनि अवस्था हेरेर हिडडुलमा केही खुकुलो गरेको छ । हामीले उपत्यकाका केही मुख्य स्थानको अवस्था फोटो लिएका छौं ।