March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

एनआईसी एशिया बैंकको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र आजदेखि बिक्रीमा

एनआईसी एशिया बैंकको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र आजदेखि बिक्रीमा

एनआईसी एशिया बैंक लिमिटेडले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र आजबाट बिक्रि खुल्ला गर्ने भएको छ । बैंकले ‘८.५५ एनआईसी एशिया डिबेञ्चर २०८७’ को नाममा ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो ।

Advertisement

जसमध्ये बैंकले सर्वसाधारणका लागि १२ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १८ लाख कित्ता बिक्री गर्नेछ ।  यस ऋणपत्रको व्याज वार्षिक रुपमा भुक्तानी गरिनेछ । बैंकको उक्त ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल लिमिटेडले गर्नेछ ।

Advertisement

ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ इकाइ र अधिकतममा १५ लाख इकाइसम्मका लागि आवेदन दिन सक्नेछन् । ऋणपत्र छिटोमा असार ९ गते र ढिलोमा असार २० गते बैंकिङ समयसम्म बिक्रीमा रहने ।

ऋणपत्र खरिदका लागि राष्ट्रिय वाणिज्य बैंकका शाखा कार्यालयहरु, सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयहरु मार्फत आवेदन दिन सकिनेछ ।