March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

जगदम्बा स्टिल उद्योगमा आगलागी हुँदा दुई जना मजदुरको मृत्यु, तीन जना घाइते

जगदम्बा स्टिल उद्योगमा आगलागी हुँदा दुई जना मजदुरको मृत्यु, तीन जना घाइते

६ असार, वीरगञ्ज । बाराको सिमरास्थित जगदम्बा स्टिल उद्योगमा फर्निस आयल राखेको ट्याङकी पड्किएर आगलागी हुँदा दुई जना भारत घर भएका मजदुरको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । उद्योगमा फलाम तताउने भट्टी छेउमा रहेको फर्निस आयलको ट्याङ्की पड्किएर आगलागी हुँदा उक्त घटना भएको हो ।

Advertisement

मृत्युहुनेमा भारतको बिहार घर भएका ४० वर्षीय प्रदीप गोढ र ४५ वर्षीय रामनाथ महतोको छन् । शनिबार राति करिब ८ बजेको समयमा भएको दुर्घटनामा उद्योगमै कार्यरत इन्द्रप्रसाद अधिकारी, राजकुमार बिक र नवराज चौलागाई घाइते भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय सिमराका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक श्रेष्ठका अनुसार । घाइतेको सिमरा अस्पतालमा उपचार भइरहेको छ ।

Advertisement

जितपुर सिमरा उपमहानगरपालिका र नेपाल आयल निगमको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो । ट्याङ्की पड्किएपछि उद्योगमा आगलागी पनि भएको थियो । समयमै आगलागी नियन्त्रणमा लिएको छेउमै रहेको अर्को फर्निस आयलको ट्याङ्कीमा क्षति हुन नपाएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए । उद्योगमा भएको क्षतिको विवरण भने आउन सकेको छैन् ।

आगलागीबाट उद्योगमा धेरै क्षति पुगेको सन्चालक पवन गुप्ताले बताए। उद्योग प्रशासनले मजदुरको सुरक्षामा लापरबाही गर्दा आगलागी भएको गुनासो मजदुरले गरेका छन्।