April 18, 2024, Thursday
६ बैशाख २०८१, बिहीबार

भारतमा पछिल्लो २४ घण्टामा ५८ हजार ४१९ जना कोरोना संक्रमित थपिए,१ हजार ५७६ जनाको मृत्यु

असार ६, काठमाडौं ।

भारतमा पछिल्लो २४ घण्टामा ५८ हजार ४१९ जना कोभिड १९ संक्रमित थपिएका छन्। ८१ दिनपछि ६० हजार भन्दा कम संक्रमित पहिचान भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। भारतमा कोरोनाको दैनिक ‘पोजेटिभ रेट’ ३. २२ प्रतिशत रहेको छ।

यस्तै,  ८७ हजार ६१९ जना संक्रमण मुक्त हुँदा भारतमा सक्रिय कोरोना संक्रमितको संख्या ७ लाख २९ हजार  २४३ पुगेको छ। संक्रमणका कारण थप १ हजार ५७६ जनाको मृत्यु भएको छ। भारतमा हालसम्म ३ लाख ८६ हजार ७१३ जनाको मृत्यु भइसकेको छ।

Advertisement