April 18, 2024, Thursday
६ बैशाख २०८१, बिहीबार

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र बाँडफाँड

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र बाँडफाँड

असार ६, काठमाडौं ।

Advertisement

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले जेठ २५ गतेबाट जेठ २८ गतेसम्म निष्कासन तथा बिक्री खुल्ला गरेको ऋणपत्र बाँडफाँड गरेको छ । उक्त ऋणपत्र असार २ गते आंशिक रूपमा बाँडफाँड गरिएको बैंकले एक सूचना मार्फत् जानकारी दिएको छ ।

Advertisement

साथै, व्यक्तिगत तवर तर्फका आवेदकहरूले आंशिक बाँडफाँडमा परेको ऋणप बापतको बाँकी रकम फिर्ता भुक्तानी एनआइबिएल एस क्यापिटल लिमिटेडबाट सम्बन्धीत आवेदकहरूको बैंक खातामा रकमान्तर गरिने करा पनि बैंकले जनाएको छ ।

बैंकले ६ वर्ष अवधि भएको ‘८.५५ आरबीबीएल डिबेन्चर, २०८३’ नाममा वार्षिक ८।५० प्रतिशत व्याजदर भएको कुल २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र बिक्री खुल्ला गरेको थियो । यस ऋणपत्रको व्याज अर्धवार्षिक रुपमा भुक्तानी गरिनेछ ।