विश्व बैंकको वित्तीय सहयोगमा ९८२ वटा अक्सिजन कन्सन्ट्रेटर नेपाल ल्याइयो
नेपाल सरकारले विश्व बैंकको सहयोगमा अक्सिजन कन्सन्ट्रेटर भित्र्याएको छ । नेपालले विश्व बैंकको वित्तीय सहयोगमा १० लिटर क्षमताका ९८२ वटा अक्सिजन कन्सन्ट्रेटर ल्याएको हो । कोभिड महामारीको रोकथामसँगै सार्वजनिक स्वास्थको क्षेत्रमा उपचारात्मक अक्सिजन अपूर्ति गर्न उक्त कन्सन्ट्रेटहरु ल्याइएका हुन् ।
अक्सिजन कन्सन्ट्रेटरहरु सत वटै प्रदेशका सबैभन्दा बढी स्वास्थ्य आवश्यकता भएका ठाउँहरुमा पाठाइने स्वास्थ्य तथा जनसंख्य मन्त्री शेर बहादुर तामाङले जानकारी गराएका छन् । मन्त्री तामाङले मेडिकल अक्सिजनको उपलब्धता बलियो बनाउन सरकार लागिपरेको पनि जानकारी गराएका छन् ।
यता, प्रत्येक प्रदेशमा एक–एक वटा अक्सिजन उत्पादन प्लान्ट निर्माणका लागि पनि विश्व बैंकले वित्तीय सहयोग गरिरहेको छ । यी अक्सिजन प्लान्टहरु चरणवद्ध रुपमा स्थापना गरी आगामी ६ देखि १५ हप्ता भित्र सञ्चालनमा ल्याउने विश्व बैंकले जनाएको छ ।
प्रतिकृया दिनुहोस्