July 24, 2021, Saturday
९ श्रावण २०७८, शनिबार

कृषि विकास बैंकले ग्राहकहरुलाई कर्जाको हर्जाना व्याजमा विशेष छूट दिने

कृषि विकास बैंकले ग्राहकहरुलाई कर्जाको हर्जाना व्याजमा विशेष छूट दिने

असार ७, काठमाडौं ।

कृषि विकास बैंककले आफ्नो बैंकबाट कर्जा सुविधा लिई कारोबार गरिरहेका कर्जा ग्राहकहरुलाई हर्जाना व्याजमा विशेष छुटको व्यवस्था गरेको छ । बैंकका प्रवक्ता तथा सूचना अधिकारी हिमालाल पौडेलद्वारा जारी विज्ञप्तीमा भनिएको छ–‘कोभिड–१९ का कारणले उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै बैंकबाट कर्जा सुविधा लिई कारोबार गरिरहेका कर्जा ग्राहकहरुलाई हर्जाना व्याजमा ५० प्रतिशत देखि १०० प्रतिशतसम्म विशेष छुटको व्यवस्था गरेको छ ।’

विज्ञप्तीमा उक्त अवसरको सदुपयोग गरी लाभान्वित हुन आम कर्जाग्राहक महानुभावहरुलाई अनुरोध गर्दै आफूले कारोबार गर्दै आएका कृषि विकास बैंकका शाखाहरुमा असार मसान्तभित्र यथाशिघ्र सम्पर्क गरी अवसरको सदुपयोग गर्नु हुनु समेत बैंकले सबैमा अनुरोध गरेको छ ।