July 24, 2021, Saturday
९ श्रावण २०७८, शनिबार

‘मदिरा ब्यवसायीलाई राज्यबाटै उपेक्षित भयो, ब्यवसाय संचालन गर्न दिनुपरो’

‘मदिरा ब्यवसायीलाई राज्यबाटै उपेक्षित भयो, ब्यवसाय संचालन गर्न दिनुपरो’

काठमाडौँ : नेपाल मदिरा व्यवसायी महासंघले राज्यबाट आफूहरु उपेक्षित भयो हुनु परेको बताएका छन् । मदिरा तथा मदिराजन्य ब्यवसाय संचालन गर्न माग गर्दे काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीलाई ज्ञापन पत्र बुझाउन पुगेका ब्यावसायीले आफूहरुलाई राज्यले उपेक्ष गरेको बताएका हुन् । अनय क्षेत्रहरु खुल्दा पनि आफूहरुलाई उपेक्षा गर्दा ब्यावसाय खोल्न नसकेको बताएका हुन् । ज्ञापन पत्र बुझाउँदै ब्यावसायीले अन्य क्षेत्र झै विना शर्त मदिरा ब्यावासाय पनि खुलाउनु पर्ने माग गरेका हुन् ।

महासंघले ज्ञापनपत्र मार्फत राज्यलाई व्यवसायीक क्षेत्रमा उल्लेख्य मात्रामा कर तिर्ने मदिरा ब्यवसायीहरुलाई राज्यका विभिन्न निकायहरुबाट उपेक्षित गरिनु निकै दुखद भएको बताएका छन् । महासंघका केन्द्रीय अध्यक्ष सोनाम शेर्पाले ज्ञापन पत्र बुझाउँदै भने,– ‘मदिरा ब्यवसायीलाई राज्यबाट उपेक्षित भयो, ब्यवसाय संचालन गर्न दिनुपरो ।’

लामो समय देखि व्यवसाय बन्द हुदाँ अन्य ब्यवसायको जस्तै बैंकको ब्याज, घरभाडा लगायतको खर्च बढ्दा ब्यवसाय धरासयी हुँदै गएको र यस क्षेत्रमा कार्यरत लाखौ कामदार, तिनका परिवारमा समेत आर्थिक संकट उत्पन्न भएको तर्फ ध्यानकर्षण गराएका छन् ।

साथै, राज्यले ब्यवसायीक क्षेत्रलाई सहजता प्रदान गर्ने क्रममा मदिरा व्यवसायलाई पनि प्राथमिकतामा राख्नुपर्ने, आर्थिक वर्ष सकिन लाग्दा यस क्षेत्रले राज्यलाई कर विवरण पेश गर्नुपर्ने बिभिन्न साझेदार कम्पनीहरुसँगको हिसाव मिलान गर्नुपर्ने लगायतका कारण पनि तत्काल व्यवसाय आवश्यक रहेकोले गर्दा तत्काल खोलेर ब्यावसाय संचालनको गर्नुको अर्को विकल्प नरहेको बताए ।

कोभिड महामारीको चरम संकटका समयमा पनि अन्य देशहरुमा मदिरा पसलहरुलाई अत्यावश्यक सेवाका रुपमा निश्चित मापदण्ड तोकेर संचालनका लागि अनुमति दिएको भएपनि नेपालमा भने पूर्णरुपमा बन्देज लगाइएकोमा आक्रोश पोखे । मदिरा व्यवसायी संघ काठमाडौँका अध्यक्ष गोविन्द बरालले तुरुन्तै मापदण्डअनुसार संचालन गर्न पाउने माग राखेको बताए । उनले संकटमा राज्यको निर्देशन मानेर मदिरा व्यवसाय पूर्णरुपमा बन्द गरिएको तर राज्यले अरु व्यवसाय संचालन गर्न दिएर मदिरालाई प्राथमिकतामा नराखेको भन्दै तत्काल खुलाउन ज्ञापनपत्र दिएको बताए ।

राज्यबाट निर्देशित स्वास्थ्य मापदण्डको पूर्ण पालना गरि अन्य ब्यवसायहरु जस्तै मदिरा ब्यावसाय संचालनका लागि आबश्यक ब्यवस्थापन गरिदिन प्रमुख जिल्ला अधिकारी पराजुलीसँग माग गरेको छ । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी पराजुलीले विभिन्न सरकारी निकायहरुसंग समन्वय गरि मदिरा ब्यवसाय संचालनका लागि आवश्यक पहल गर्ने बताएका छन् ।